Logo

युभेन्टसका म्याटुइडीलाई पनि कोरोना संक्रमण



Spread the love

एजेन्सी। इटालियन क्लब युभेन्टसका अर्काे खेलाडीमा पनि कोरोना भाइरसको संक्रमण भेटिएको छ । मंगलबार मेडिकल परिक्षण गर्दा फ्रेन्च मिडफिल्डर ब्लेइस म्याथुइडीमा पनि कोरोना भाइरस पोजेटिभ भेटिएको हो ।

म्याथुइडी कोरोना संक्रमण हुने युभेन्टसका दोस्रो खेलाडी हुन् । यसअघि ड्यानियल रुगानीलाई कोरोना संक्रमण भेटिएको थियो । क्लबको वेभसाइटमा खेलाडीहरु ११ मार्चदेखि सेल्फ आइसोलेसन वार्डमा रहेको र उनीहरुमाथि निरन्तर निगरानी भइरहने बताएका छन् ।

चीनबाट फैलिएको कोरोनाभाइरसको महामारीले अहिले सबैभन्दा बढी आक्रान्त इटालीलाई बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्