Logo

कोरोना भाइरसको असर: जुन अन्तिम सातापछि च्याम्पियन्स र युरोपा लिगको फाइनल हुने



Spread the love

एजेन्सी । युरोपियन फुटबलको सर्वाेच्च निकाय (युइएफए) ले युइएफए च्याम्पियन्स लिग र युइएफए युरोपा लिग फुटबलको फाइनल खेल चार सातापछि गर्ने निर्णय गरेको छ । विश्वभर फैलीरहेको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै युइएफएले च्याम्पियन्स लिग र युरोपाको फाइनल खेल चार साता पछि सारेको हो ।

युइएफएको मंगलबार बसेको भिडियो कन्फ्रेस बैठकले कोरोना भाइरसका कारण सबै प्रतियोगिताहरु सार्नुपरेको उल्लेख गरेको छ । अब च्याम्पियन्स लिगको फाइनल २७ जुन २०२० मा टर्कीमा हुनेछ । २४ जुनमा युरोपा लिगको फाइनल पोल्यान्डमा हुनेछ ।

कोरोनाकै कारण युइएफएको मंगलबारको बैठकले यही जुन–जुलाईलाई तय भएको युरोकप २०२० अर्काे वर्ष अर्थात २०२१ जुन–जुलाईमा गर्ने निर्णय गरेको छ । अहिले सम्पुर्ण खेल गतिविधि ठप्प भएको छ ।

प्रतिक्रिया दिनुहोस्