Logo

पीएसजीका डिफेन्डर थोमस डर्टमन्डमा अनुबन्धित



Spread the love

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) का बेल्जियन डिफेन्डर थोमस म्युनियर जर्मन क्लब बोरुसिया डर्टमन्डमा जाने भएका छन् । डर्टमन्डले थोमस म्युनियरलाई ४५ मिलियन पाउन्डमा क्लबले अनुबन्धित गरेको हो ।

यससँगै उनी आउदो समर सिजनमा डर्टमन्ड पुग्नेछन् । पछिल्लो समय म्युनियरले कमै मात्रामा मौका पाएका थिए । सोही कारण पनि २८ वर्षीय म्युनियरले क्लब छाड्ने निर्णय गरेको हो ।

म्युनियर यो सिजन क्लब छाड्ने चौथो खेलाडी बनेका छन् । डर्टमन्डले चार वर्षअघि पनि म्युनियरलाई अनुबन्ध गर्न चाहेको थियो । तर, उनले त्यतिबेला पीएसजी रोजेका थिए ।

प्रतिक्रिया दिनुहोस्