Logo

‘पिंजडा व्याक अगेन’को पहिलो गीत रिलिज



Spread the love

फिल्म ‘पिंजडा व्याक अगेन’को पहिलो गीत रिलिज भएको छ ।माघ ४ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै बिहीवार राजधानीमा एक कार्यक्रमका बीच फिल्ममा समावेश ‘यता पनि छैन उता पनि छैन’ बोलको गीत सार्वजनिक गरिएको छ ।

लोक लयको गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको छ भने राजनराज र अन्जु पन्तको स्वर सुन्न सकिन्छ । निखिल उप्रेती र सारा सिर्पाली फिचरिङ गीतको भिडियोका कोरियोग्राफर रामजी लामिछाने हुन् ।भिडियोमा निखिल र साराको केमेष्ट्री भने सुहाएको छ । निखिल र साराले यसअघि ‘रुद्र’ फिल्ममा एकसाथ काम गरेका थिए । निखिलले गीत रिलिज कार्यक्रममा आफूले  निकै कष्टसँग नृत्य गरेको बताएका छन् । हिमाल केसी निर्देशित यो फिल्ममा पारिवारिक कथा उठान गरिएको छ । तर, निखिल फिल्ममा भएकाले द्धन्द्धात्मक पाटोलाई बढी फोकस गरिएको हिमालले बताए ।यो गीतमा राजनराज सिवाकोटीको शब्द, संगीत र स्वर छ । उनलाई अन्जु पन्तले गायकीमा साथ दिएकी छिन् ।

हेर्नुहोस् भिडियो :

https://youtu.be/3CqCP-iBeAY

प्रतिक्रिया दिनुहोस्