Logo

कोराना भाइरस प्रभाब: अत्यावश्यक कामबाहेक सबैलाई घरमै बस्न पारसको अपिल



Spread the love

काठमाडौँ । विश्व भर फैलीरहेको कोराना भाइरसको महामारीले अहिले विश्व आक्रान्त भइरहेको छ । विश्वका १ सय ५० भन्दा बढी देशमा यसको संक्रमण फैलिसकेको छ । १० हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।

यस्तोमा क्रिकेटर पारस खड्काले अत्यावश्यक बाहेकका काममा घरबाहिर नजान सबैलाई अपिल गरेका छन् । नेपाल राष्ट्रिय क्रिकेटका पूर्वकप्तान खड्काले आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा क्रिकेट टिम र आफ्नो व्यक्तिगततर्फबाट अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन आग्रह गरेका हुन् ।

आइतबार सामाजिक सञ्चालमा भिडियो सन्देशमार्फत पारसले भनेका छन्, ‘अहिले सहज समय होइन । यो परिस्थितिमा व्यक्तिगत र राष्ट्रिय क्रिकेट टोलीकातर्फबाट सबैलाई आग्रह गर्न चाहन्छु । सबै जना घरमा बसेर, अत्यावश्यक बाहेक घर बाहिर नगइकन,सरकार र सम्बन्धित निकायलाई सहयोग गर्न सबैलाई हार्दिक अनुरोध गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्