Logo

कोरोना भाइरसबाट रियलका पूर्व अध्यक्ष लोरेन्जोको मृत्यु



Spread the love

एजेन्सी । विश्वभरि महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट रियल म्याड्रिडका पूर्व अध्यक्ष लोरेन्जो सान्जको मृत्यु भएको छ । उनको उपचारको क्रममा मृत्यु भएको हो ।

कोरोना भाइरसको लक्षण देखिएपछि सान्जलाई यसै साता अस्पतालमा भर्ना गरिएको थियो । सान्जका छोरा लोरेन्जोले शनिबार सामाजिक सन्जाल ट्वीटरमार्फत् आफ्ना पिताको मृत्यु भएको पुष्टि गरेका छन् । त्यसपछि रियल र ला लिगाले पनि विज्ञप्ति जारी गर्दै समवेदना प्रकट गरेका थिए ।

‘कोरोना संक्रमणपछि मेरा पिताको मृत्यु भएको छ,’ लोरेन्जोले लेखेका छन् । ‘उनी यस्तो अन्त्यको हकदार थिएनन् । मैले उनी जतिको एक बहादुर र मेहनती मानिस आजसम्म देखेको छैन । उनका लागि रियल र परिवार सबैभन्दा महत्वपूर्ण थियो ।’

उनको कार्यकालमा रियलले दुई पटक युइएफए च्याम्पियन्स लिग र ला लिगा र युरोपियन कप विनर्स कप समान एक–एक पटक जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्