Logo

युभेन्टसका डिबालालाई पनि कोरोना संक्रमण



Spread the love

एजेन्सी । युभेन्टसका फरवार्ड पाउलो डिबालालाई पनि कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । शनिबार डिबालाले इन्स्टाग्राम र ट्वीटरमा नै आफूसहित प्रेमिका ओरियनालाई कोरोना भाइरसको संक्रमण भएको र अवस्था सामान्य भइरहेको जानकारी दिएका थिए।

डिबाला कोरोना संक्रमण भएका युभेन्टसका तेस्रा खेलाडी हुन् । यसअघि ड्यानीएल रुगानी र ब्लेस माटुइडीमा पनि कोरोना संक्रमण रहेको थियो ।

यस्तै एसी मिलानमा टेक्निकल डाइरेक्टर रहेका माल्दिनी र उनका छोरा ड्यानियललाई पनि कोरोना संक्रमण भएको खुलेको हो। विश्वमै महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसले इटालीमा सबैभन्दा धेरै असर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्