Logo

३२ वर्षीय फेलाइनीलाई कोरोना संक्रमण



Spread the love

एजेन्सी। मारोउने फेलाइनी कोरोना भाइरसको संक्रमण हुने पहिलो चिनिया सुपर लिग (सिएसएल) खेलाडी बनेका छन् । चिनिया क्लब सानडोङ लुनिङले ३२ वर्षीय फेलाइनीमा कोरोना भाइरसको लक्षण देखिएको पुष्टि गरेको छ । चीनबाटै शुरु भएको कोरोनाको प्रकोप अहिले विश्वभर फैलिरहेपनि चिनिया खेलाडीहरुमा यसको संक्रमण देखिएको थिएन ।

जियान अस्पतालमा फेलाइनीको उपचार भइरहेको छ । कोरोना संक्रमणको पुष्टि भएपछि फेलाइनीले सामाजिक सन्जाल ट्वीटरमा तस्वीरसहित टिम सहयात्री, समर्थक र मेडिकल स्टाफलाई कोरोनासँग सचेत रहन आग्रह गरेका छन् । ‘

फेलाइनीका पुर्व क्लब म्यानचेस्टर युनाइटेडले शिघ्र स्वाथ्य लाभको कामना गरेको छ । अब उनी १४ दिन क्वारेन्टाइनमा रहनेछ । फेलाइनीले ११ वर्ष इंग्ल्यान्डमा बिताएका थिए । यसक्रममा उनले एभर्टन र म्यानचेस्टर युनाइटेडबाट खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्