Logo

अनिश्चितकालका लागि च्याम्पियन्स लिगको फाइनल स्थगित



Spread the love

एजेन्सी । यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनल अनिश्चितकालका लागि स्थगित भएको छ । युरोपेली फुटबल महासंघ (यूईएफए) ले सोमबार घोषर्ण गर्दै च्याम्पियन्स लिगको फाइनल खेल अनिश्चिकालका लागि स्थगित भएको जनाएको हो ।

यूईएफएले फाइनलको अर्को मितिका लागि निर्णय नभएको जनाएको छ । यूईएफएका अध्यक्ष एलेक्सेन्डर सेफेरिनले यस क्यालेन्डरको फरिक्षण सुरु गरिरहेको र समयमै घोषणा हुने बताए ।युरोपमा कोरोना बढ्दो संक्रमणलाई यूईएफएले च्याम्पियन्स लिग र युरोपा लिगको फाइनल अनिश्चित समयका लागि स्थगित गरेको हो ।

टर्कीको ईस्तानबुलस्थित एटाटुरक ओलम्पिक स्टेडियममा च्याम्पियन्स लिगको फाइनल खेल हुने यस अघि नै तय भएको थियो । उता यूईएफएका अनुसार यूरोपा लिग र वुमन च्याम्पियन्स लिगको फाईनल समेत अनिश्चित भएको छ ।

प्रतिक्रिया दिनुहोस्