Logo

तपाईको पट्यारलाग्दो दैनिकीलाई यसरी रचनात्मक बनाउनुहोस् !



Spread the love

आज भोलि दैनिकी बदलिएको छ । भाग दौड जिन्दगिबाट हामी फुर्सदिलो भएका छौ । हाम्रो दिनचर्या बद्लिएको छ । कतिपयलाई लाग्न सक्छ, दिनभर के गर्दै बस्ने हो ? कसरी समय कटाउने हो ? कतिपयलाई कुनै काम नगरी बस्दा एक किसिमको छटपटी पनि हुनेगर्छ । केही क्षण फेसबुकमा एकोहोरिनुभयो होला । एकछिन टिभी हेर्नुभयो होला । एकोहोरो एउटै कुरा हेरिरहँदा दिक्क लाग्यो होला । छटपटी भएको हुनसक्छ । तर, तपाईको पट्यारलाग्दो दैनिकीलाई रचनात्मक बनाउने हामिसंग केहि उपाय छ :
नयाँ–नयाँ परिकार बनाउने कि ?
तपाईं खानेकुराको सौखिन हुनुहुन्छ भने यो विकल्प तपाईंको लागि काइदा हुन्छ । फुर्सदको यो क्षणमा तपाईंले आफ्नो समय भान्सामा बिनाउनु उपयोगी हुन्छ । भान्सामा के कस्तो सामाग्री उपलब्ध छन्, त्यही अनुसार परिकारको योजना बनाउन सकिन्छ । अहिले युट्युबमा पनि खानेकुराको रेसेपी सजिलै पाउन सकिन्छ । परिवारलाई खुसी तुल्याउने एउटा काइदा पनि त हो यो ।
घर–कोठालाई नयाँ सजावट दिनुहोस्
अहिले तपाईंको घरको आन्तरिक सज्जा जुन अवस्थामा छ, त्यो महिनौंदेखि वा बर्षौंदेखि उस्तै हुनसक्छ । अब तपाईं यसलाई केही परिवर्तन गर्नुहोस् । सोफा, पलंग, फूल, गमला, फोटोको ठाउँलाई फेरबदल गर्नुहोस् । यसले घरलाई केही नयाँपन दिलाउनेछ । अनि परिवारलई खुसी पनि ।
बगैंचा वा फूलबारी बनाउनुहोस्
कतिपयलाई घरभित्र खासगरी भान्साको काम त्यती रुचीकर लाग्दैन । त्यसो हो भने बगैंचाको स्यहारसुसारमा लग्नुहोस् । बगैंचामा रोपिएका बोट बिरुवा स्यहार्ने, काटछाँट गर्ने, मलजल गर्ने गरौं । फूलहरु रोप्ने, स्यहार्ने गरौं ।
लुगाफाटो सिलाउने, मिलाउने
भलै तपाईंसँग लुगाफाटो पुगिसरी हुनसक्छ । तर, कतिपय लुगा फाटेको वा च्यातिएको होला । कतिपय लगाउन नमिल्ने भएको होला । दिनभर त्यसै बस्नुभन्दा लुगाफाटो सिलाउने, मिलाउने काम गर्न उचित हुन्छ । आफुसँग भएको लुगाफाटोलाई पुनःप्रयोग गर्ने वा जतन गर्ने काइदा पनि हो यो ।त्यसो त नयाँ लुगालाई पनि तपाईंले मोडिफाई गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्