Logo

फिल्म ‘कहिँ कतै’को ट्रेलर रिलिज



Spread the love

फिल्म ‘कहिँ कतै’को ट्रेलर रिलिज भएको छ । यो फिल्ममार्फत शिवानी र सोनम अभिनयमा डेब्यु भएका छन् ।फिल्ममा दिलिप रायमाझी, किशोर र उमा महत्वपूर्ण भूमिकामा छन् ।बाबु श्रेष्ठको छायांकन, अर्जुन जिसीको सम्पादन, सचिन सिंह र लक्की सिटौलाको संगीत, निर्देशक श्रेष्ठकै लेखन समावेश छन् । डोमेनिक सेभियो डिसुजासँग मिलेर उमाले फिल्म निर्माण गरेकी हुन् ।सविर श्रेष्ठको निर्देशनमा निर्माण भएको फिल्म ‘कहिँ कतै’ नोभेम्बर ६ मा भारतको पूर्वोत्तर राज्य सिक्किममा प्रिमियर हुँदैछ । फिल्मको नेपाल रिलिज डेट भने तय भएको छैन । ‘कहिँ कतै’ मा शिवानी गिरी, दिलिप रायमाझी, किशोर खतिवडा, सोनम बरफुङ्पा, उमा बेबी लगायतका कलाकारहरुको अभिनय छ ।

हेर्नुहोस् ट्रेलर:

https://youtu.be/q77d7yxu0fY

प्रतिक्रिया दिनुहोस्