Logo

एनआरएनए अध्यक्षमा तीन प्रतिस्पर्धी



Spread the love

गैर आवासीय नेपाली सङ्घ(एनआरएनए)को आगामी नेतृत्वका लागि अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।  अध्यक्षका लागि भवन भट्ट, जमुना गुरुङ र टीबी कार्कीले उम्मेदवारीको घोषणा गर्नुभएको हो ।  भट्ट र कार्कीले यसअघि नै आफ्नो उम्मेदवारी घोषणा गरे पनि गुरुङले बिहीबार एक कार्यक्रमको आयोजना गरेर उम्मेदवारी जनाउनुभएको हो । यही शनिबारदेखि राजधानीमा सुरु हुने आठौं महाधिवेशनले एनआरएनएको नयाँ नेतृत्व चयन गर्नेछ ।

एनआरएनएको उपाध्यक्षका लागि अहिलेसम्म कुमार पन्त, खगेन्द्र जीसी, सोनाम लामा, चिरञ्जीवी थापाले उम्मेदवारी घोषणा गर्नुभएको छ ।  त्यस्तै महिला उपाध्यक्षमा रञ्जु वाग्ले र सपिला राजभण्डारीले उम्मेदवारी दिने तयारी गर्नुभएको छ ।  महासचिवमा भने त्रिलोक गुरुङ र बद्री केसीबीच प्रतिस्पर्धा हुने भएको छ ।  अध्यक्षका प्रत्याशी भट्ट र गुरुङले आफ्नो समूह बनाएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारी गर्नुभएको छ ।  अध्यक्षका प्रत्याशी भट्टको जापानसहित युरोपका विभिन्न देशका रेष्टुराँमा लगानी रहेको छ ।  त्यस्तै मिडिया तथा उड्डयन क्षेत्रमा पनि उहाँले लगानी गर्दै आउनुभएको छ ।

अध्यक्षका अर्का उम्मेदवार सन् १९९० को दशकमा अष्टेलिया प्रवेश गर्नुभएकी घले दम्पती अष्टेलियाका एक सय धनी व्यक्तिको सूचीमा पर्नु हुन्छ ।  गुरुङलाई पनि अष्टेलियाको एक दैनिक पत्रिकाले एघारौं धनी महिलाको सूचीमा राखेको थियो ।  गुरुङ वर्तमान अध्यक्ष शेष घलेकी श्रीमती हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्