Logo

यो फुर्सदिलो समय परिवारको लागि खर्चिनुहोस् !



Spread the love

दैनिक काम–व्यवहारले तपाईलाई एक क्षण फुर्सद दिएको थिएन । यस्तो बेफुर्सदिलो समयमा तपाईंले परिवारसँग समय बिताउन पाउनै भएन । शनिबार वा विदाको समय पनि थाँती रहेका कामले तपाईंलाई दौडाएको दौडाएकै गथ्र्यों । एक पटक सोच्नुहोस त, के हिजोको दिनमा तपाईंले आफ्ना बालबच्चासँग भलाकुसारी गर्नुभयो ? उनीहरुसँग खेल्ने रमाउने प्रयास गर्नु भयो ? बालबच्चाको मात्र के कुरा ? आफ्ना पार्टनरसँग रमाइलो क्षणहरु सट्नुभयो ? तपाईंहरुले एकअर्काको रुची, इच्छाबारे चर्चा गर्नुभयो ? आफ्नो भावना साझेदार गर्नुभयो ?

के आफ्ना आमाबुवासँग दुःखसुखका कुरा गर्नुभयो ? उनीहरुको परिपक्क अनुभव र अनुभूतिहरु सुन्नुभयो ? पक्कैपनि तपाईंसँग यस्तो फुर्सद थिएन । यतिबेला तपाईंसँग अब त्यस्तो समय पर्याप्त छ, जो परिवारका लागि खर्चन सक्नुहुन्छ । कोरोना भाइरसको संभावित संकट रोक्न सरकारले सबैलाई घरभित्रै सुरक्षित रुपमा बस्नका लागि आह्वन गरेको छ । यतिबेला तपाई हामीले परिवारसँग पर्याप्त समय दिनसक्छौं । परिवारसँग गुणस्तरिय समय व्यतित गर्न सक्छौं । तपाई ओछ्यानमा गुटमुटिएर मोबाइल वा टिभीमा एकोहोरिनुभएको छ कि ? छटपटी, बेचैनीले ग्रस्त भएर परिवारलाई तनाव पो दिइरहनुभएको छ कि ?

एक पटक विचार गर्नुहोस्, परिवारलाई खुसी, उत्साहित, उमंगित र रचनात्मक बनाउने यो एक मौका पनि हो । घर र भान्साको काम गर्ने । मिठो–मिठो परिकर बनाउने ।

प्रतिक्रिया दिनुहोस्