Logo

आचारसंहिता विपरित मन्त्रीपरिषद् विस्तार, कमल थापा उपप्रधानमन्त्री नियुक्त



Spread the love

प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि मन्त्रिपरिषद विस्तार गरेका छन्। शुक्रबार राप्रपाबाट एक उपप्रधानमन्त्री, ३ मन्त्री र चार राज्यमन्त्रीलाई समावेश गरेर देउवाले मन्त्रिपरिषद विस्तार गरेका हुन्।प्रधानमन्त्रीले कमल थापालाई उपपप्रधानमन्त्री, जयन्त चन्द, दिलनाथ गिरी र बिक्रम थापालाई मन्त्री र कुन्तिकुमारी शाही, कान्ता भट्टराई, भास्कर भद्रा, सुशीलकुमार श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरेका हुन्।

सबैको मन्त्रालय तोकिएको छैन ।नवनियुक्त मन्त्रीहरुको नाम राष्ट्रपतिसमक्ष पठाइएको छ र सपथ भोलि हुनेछ ।नेकपा एमाले नेकपा माओवादी केन्द्र र नयाँ शक्तिबीच बाम गठबन्धन गर्ने सहमति भएपछि राप्रपाले सरकारलार्इ समर्थन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्