Logo

कैटरिना कैफमाथि चोरीको आरोप



Spread the love

एजेन्सी । बलिउडकी अभिनेत्री दीपिका पादुकोणले अर्की अभिनेत्री कैटरिना कैफमाथि आइडिया चोरेको आरोप लगाएकी छिन् ।

कोरोना भाइरसले गर्दा बलिउडका सम्पूर्ण कलाकार क्वारेन्टाइनमा बसेका छन् । सामाजिक दूरी जिन्दगीको नियम बनेको छ । जुन नियम सबैले पालना गर्नु परेको छ । बलिउडका कालाकारहरु घरमा आरामले बसिरहेका छन् ।

तर यो खाली समयमा कोही पेन्टिङ्ग गरिरहेका छन् भने कोही किताब पढिरहेका छन् । यसै गरी कैटरिना कैफ घरेलु काम गरेर दिन बिताइरहेकी छिन् । उनको एक भिडियो सामाजिक सञ्जालमा आएको थियो । जुन भिडियोमा उनी भाँडा माझिरहेकी थिइन् । तर कसैले यो सोंचेका थिएनन् कि यस भिडियोमा आइडिया चोरेको आरोप लाग्नेछ भनेर ।

दीपिका पादुकोणले इन्स्टाग्राममा भाँडा माझ्ने आइडिया आफ्नो भएको र उक्त आइडिया कैटरिना कैफले चोरेको आरोप लगाएकी छिन् । दीपिकाले भनेकी छिन्,” मलाइ यो बताउँदा दुख लागेको छ कि सिजन वानको एपिसोड ५ रद्द भएको छ । किनभने मेरो आइडिया कैटरिना कैफले चोरेकी छिन् । ” कैटरिनाले जवाफ दिंदै भनेकी छिन्, ” मलाइ यो अधिकार रुपालीले दिएकी छिन् । उनी मेरी विश्वासपात्र हुन् । तपाईं सबै सुरक्षित रहनुस् ।”

प्रतिक्रिया दिनुहोस्