Logo

मन्त्रीलाई छ कालोमोसोको डर – हेर्नुहोस् कारण



Spread the love

उपप्रधानमन्त्री  तथा शिक्षा मन्त्री गोमालमान श्रेष्को कार्यकक्षमा शुक्रबार दिउँसो पुगेका ९ विद्यार्थी संगठनका नेतनले विभिन्न नाराबाजी गर्दै बहिष्कारको धम्कीसमेत दिए ।

१२ बजे शिक्षा मन्त्रालय पुगेका नेविसंघबाहेक ९ विद्यार्थी संगठनलाई शिक्षा मन्त्रीले भेट्ने समय नदिए पछि उनीहरुले मन्त्रीको सचिवालयमै नारावाजी गरेका थिए ।

सचिवालयमा नारावाजी गरेपछि कर्मचारी रविद्यार्थी नेताबीच हात हालाहाल भएको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

प्रहरीले सचिवालयबाट निकालेपछि विद्यार्थीले मन्त्रालयको मूल गेटमा कोणसभा गरेका थिए ।

मन्त्री भेट्न गएका विद्यार्थीले कालोमोसो दल्न सक्ने सूचना पाएपछि सचिवालयका कर्मचारीले मन्त्रीलाई भेट नदिएको एक कर्मचारीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्