Logo

भारतमा फसेका ३१૪ जना इजरायली घर पुगे



Spread the love

Take the window seat: This Air India flight offers a view of the ...

एजेन्सी । भारतमा फंसेका ३१૪ जना इजरायली घर पुगे एजेन्सी । कोरोना भाइरसले गर्दा भारतमा लकडाउन भएको छ ।

लकडाउन २५ मार्चमा सुरु भएको थियो १५ अप्रिलसम्म जारी रहनेछ । लकडाउनमा उडान, रेल, बस सेवा सबै बन्द गरिएको छ । यस्तो अवस्थामा भारतमा फंसेका विदेशी नागरिकलाई सुरक्षित तरिकाले घर पठाउने काम एयर इण्डियाले गरेको छ ।

कोरोना भाइरसको महामारीसँग सारा विश्व जुधिरहेको छ । यस्तो अवस्थामा एकले अर्कालाई सहयोग गर्नु जरुरी देखिन्छ । भारतमा फंसेका ३१૪ इजरायलका नागरिकलाई बिहीबार एयर इण्डियाको जहाजले इजरायल पुर्याएको छ । इजरायले आफ्ना नागरिक सकुसल ल्याइदिएकाले भारतप्रति आभार व्यक्त गरेको छ ।

इजरायली नागरिक लकडाउनको बेलामा फंसेका थिए । त्यसपछि इजरायली दूतावासले विदेशी मन्त्रालयसँग सहयोग मागेको थियो । विदेशी मन्त्रालयले एयर इण्डियालाई उक्त सूचना दियो र इजरायली नागरिकलाई घर पठाउन जहाज तयार भयो । विदेशमा फंसेका नागरिकलाई स्वदेशमा भित्राउन एयर इण्डियाले निकै महत्वपूर्ण भूमिका खेलेको छ । आपतको घडीमा एयर इण्डियाको यो कदम सराहनीय छ ।

प्रतिक्रिया दिनुहोस्