Logo

अमेरिकी पूर्व-राष्ट्रपति अब्राहम लिंकनको प्रेरणादायी कथा



Spread the love

मानव विकासको इतिहासमा नजाने कैयौं असफलताहरू भए होलान् । लिखित इतिहासको परम्परा सुरु हुनु भन्दा पनि कैयौं अघिदेखि मान्छेहरू आफ्ना विराट सफलता चुम्नका लागि असफलताको काँडाले कतिपल्ट बिझाइरहे । किनकि मानव जातिको उत्पत्ति केवल बाँच्नका लागि मात्रै नभएर, संसारमा आफ्नो अस्तित्व निर्माण र शासनका लागि पनि थियो । त्यसैले त ऊ सङ्घर्ष गर्न कहिल्यै पछि हटेन । चाहे जस्तोसुकै परिस्थितिबाट ऊ किन नगुज्रियोस् !

तर, के तपाई आफुले भोगेका केही असफलता कै कारण चिन्तित हुनुहुन्छ ? जिन्दगीमा म अब केही पनि गर्न सक्दिन, मेरो जिन्दगी बर्बाद भयो, जस्ता अनेक सोचले आक्रान्त हुनुहुन्छ ? स्वाभाविक हो, यस्तो महसुस जिन्दगीको यात्रामा जो-कोहीलाई पनि एक-न-एकपल्ट त हुन्छ नै । यो बस् एउटा अनुभुति हो, वास्तविकतामा यसको कुनै प्रभाव हुँदैन ।

बस् तपाई यसबाट मुक्त हुने साहस लिनुस् । त्यो साहसमा ढाढस दिन तपाईका लागि हजारौं-लाखौं प्रेरणाहरू तयार भएर बसेका छन् ।

आज हामीले त्यस्तै एउटा ढाढस लिएर आएका छौं । तपाई कै लागि । सल्लेरी खबरको एउटा सानो प्रयास- सल्लेरी प्रेरणा मार्फत । यसमा हामी असफलता चिरेर सफलता चुम्ने महान हस्तीहरूका कथा ल्याइ रहेका छौं । ताकि एउटा सानो असफलता कै कारण तपाईमा रहेको असीमित सामर्थ्य र सम्भावना त्यसै खेर नजाओस् ।

सुन्नुस् है त !

यो कथा हो- अमेरिकाका पहिलो कालाजातिका राष्ट्रपति, महान राजनितिज्ञ-विचारक ‘अब्राहम लिंकन’ को । लिंकन केवल एक राजनितिज्ञ मात्र नभएर, एक महान् प्रेरक पनि हुन् । जसले मेहेनत, लगनशीलता र सपना भयो भने जस्तोसुकै आममानिस पनि संसारलाई चकित पार्दिन सक्छ भन्ने प्रमाणित गरे । बस् ! तपाई आफ्नो सपना चुम्न यति लालायित हुनुस् कि- नाथे असफलताले तपाईलाई एक डेग पनि चलाउन नसकोस् ।

अब्राहम लिंकनको जन्म सन् १८०९ मा भएको थियो । उनी विशेषगरी अमेरिकाको १६ औं राष्ट्रपतिको रुपमा संसारभर सुपरिचित छन् । उनी समान अधिकारको पक्षमा लड्ने शक्तिशाली व्यक्ति हुन् । उनकै नेतृत्वमा सदियौंदेखि अमेरिकामा व्याप्त रहेको दासता प्रथाको अन्त्य भयो ।
तर, अब्राहम लिंकनको कथा सधैं सफलताको मात्र रहेन । उनले जिन्दगीमा कैयौं पटक ठुलो असफलता बेहोरेका छन् ।

सन् १८३२ मा २३ वर्षको हुँदा लिंकनले आफ्नो जागिर गुमाए । त्यही वर्ष उनले अदालतको कानुनी केसमा पनि असफलता पाए । त्यसकै ३ वर्ष पछि २६ वर्षको उमेरमा उनकी आफ्नी प्रेमिका एन रुचलेजको मृत्यु भयो । फेरि अर्को ३ वर्ष पछि उनले ‘इलिनोस हाउस अफ रिप्रिजेन्टेटिभ्स’को स्पिकर बन्ने अवसर गुमाए ।

असफलताले उनलाई कहिल्यै छोडेन । सधैं उनको अघि-पछि लागिरह्यो । तर, उनले असफलता कै कारण आफुलाई रोकेनन् । आफ्नो दृढ इच्छा र सपनालाई मर्न दिएनन् । किनकि उनलाई अमेरिकाको राष्ट्रपति बन्नु थियो । परिवर्तन ल्याउनु थियो । समान अधिकारको वकालत गर्नु थियो । दासता जस्ता क्रुरताको अन्त्य गर्नु थियो ।

सन् १८४८ मा ३९ वर्षको उमेरमा लिंकनले फेरि अर्को असफलता बेहोर्नु पर्यो । वासिङटन डिसीको ल्यान्ड अफिसर बन्ने उनको प्रयास तुहिन पुग्यो । त्यसको ठ्याक्कै १० वर्ष पछि अमेरिकी सेनेटर बन्नका लागि गरिएको चुनाबमा उनले पुनः हार बेहोरे । यति सब भैसक्दा पनि उनले भित्रैदेखि भने कहिल्यै हार खाएनन् ।

अन्ततः उनी सन् १८४६ मा अमेरिकाको संसदमा निर्वाचित भए र सन् १८६१ मा अमेरिकाको राष्ट्रपति बने । दासताको अन्त्य गरे । गोरा र काला जातिको विभेदलाई थोरै भएपनि निर्मुल पार्ने प्रयास गरे । उनको अहिले अमेरिकाको ५ डलरको नोटमा फोटो समेत छ । अहिलेसम्मको इतिहासमा उनी एक शक्तिशाली-सुप्रसिद्ध राष्ट्रपतिको रुपमा संसारभर चर्चित छन् ।

त्यसैले, असफलता या अस्वीकार हरकोहीको जिन्दगीमा आउँछन् नै । हरकोहीका महान सपनालाई सबैले अपत्यारलाग्दो मान्न सक्छन् नै । बस् फरक यत्ति हो कि- कोही यसको सामना गर्दै यात्रालाई थप मजबुत बनाउन थाल्छन् त कोहि भने थकाइ मार्छन् र बिचमै यात्रा टुङ्ग्याउँछन् ।

साहस गर्नुस्, तपाईभित्र असीमित क्षमता छ, त्यसको पहिचान गर्नुस् र मर्न दिनुको साटो मलजल गर्नुस् । एकदिन तपाईको सफलता देखेर तपाई आफै छक्क पर्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्