Logo

२०७६ साल चैत १५ गते शनीबार, आजको राशीफल



Spread the love

आज मिति २०७६ साल चैत १५ गते शनीबार । आजको राशीफल यस प्रकार रहेको छ।  तपाईहरूको दिन शुभ रहोस्।

मेष – प्रेमिकाले ससाना त्रुटि आंैल्याउँदा प्रेममा तुसारो लाग्न सक्छ । रातो रंगको पहिरनले ऊर्जा प्राप्त भई कार्य सम्पन्न गर्न सहज हुनेछ । पूण्य कमाउन व्रत बसी मठ–मन्दिरको परिक्रमा गरिनेछ । कार्यक्षेत्रका झिनामसिना झन्झट भने रहिरहन सक्छन्, धैर्यताले उन्मुक्ति पाइनेछ ।

वृष –अध्ययनका निम्ति विदेशमा पाइला चाल्दा सोचेको नतिजा हात लाग्न सक्छ । अन्योलका बीच विशिष्ट व्यक्तिको सुझावले सकारात्मक मार्ग पहिचान गर्दा अरूको मन लोभिनेछ । साताको अन्त्यमा शारीरिक कष्टले सताउन सक्छ ।

मिथुन– खेलकुद तथा प्रतिस्पर्धामा भाग लिँदा परिणाम आफ्नै पोल्टामा पर्न सक्छ । मित्र तथा नातेदारको बोलावटमा संलग्न भै मनोरञ्जन गर्दा शरीरिक थकानको महसुस हुनेछ । लामो दूरीको यात्रामा खराब आचरण भएकाबाट टाढा रहँदै सावधानीपूर्वक प्रतिष्ठा जोगाउने प्रयत्न गर्नुहोला ।

कर्कट – सामाजिक जिम्मेवारीको कार्य उत्कृष्ट भै चर्चित हुँदा प्रेमिकाले नौलो पहिरन टक्र्याउन सक्छिन् । नसोचेको परिणाम प्राप्त हुँदा हर्षले गद्गद भइनेछ । मनले खाएका मित्रलाई मुनाफा हात लाग्ने व्यवसायमा संलग्न गराइनेछ । सवारी साधन खरिद गर्ने पारिवारिक मत भने सोचेजस्तो नहुन सक्छ ।

सिंह – आर्थिक हैरानीबाट मुक्ति पाइनेछ । भित्रभित्रै षड्यन्त्र गर्ने विपक्षीहरूले तपाईंको कौशलबाट प्रभावित भई समर्थन गर्नेछन् । पाचन प्रणालीमा हुने गडबडीबाट भने सावधानी अपनाउनुपर्ने हुन्छ । विपक्षीले ससाना कमजोरी औंल्याउँदा परिणम आफ्नै पोल्टामा पर्नेछ । सामाजिक हैसियतको हेक्काले विलासीपनमा परिवर्तन ल्याउनेछ ।

कन्या – सांस्कृतिक कार्यक्रममा मनोरञ्जन गर्दा भने तनाव हलुका हुनेछ । उत्ताउलोपनले परिणाममुखी कार्य सम्पन्न गर्न ढिलाइ हुन सक्छ, हेक्का राखे सफलता हात लाग्नेछ । नगद सापटी लिएका मित्रले समयमा वचन पूरा नगर्दा आर्थिक चेपटामा पर्न सकिनेछ ।

तुला – विशिष्ट व्यक्तिसँगको भेटले नयाँ–पुराना कार्य सम्पन्न गर्न जुक्ति–बुद्धि प्राप्त गरिनेछ । भोज–भतेर तथा मनोरञ्जनमा संलग्न हुँदा सेतो एवं नीलो रंगको पहिरन लगाएमा थप आकर्षित भइनेछ । संयमता र बोलीको मधुरताले बिग्रन लागेको कार्यसमेत सफलतामा परिणत हुन सक्छ ।

वृश्चिक- पुँजी तथा मेहनतबाट नयाँ अवसर सिर्जना भई लाभ लिन थप लगानीको जरुरत पर्नेछ । सामाजिक कार्यको जिम्मेवारी कार्यान्वयन गर्दा अपजस आइलाग्न सक्छ । प्रेमिकाको सुझाव अनुसरण गरेमा सफलता नजिक पुिगनेछ ।

धनु – पूण्य आर्जनमा धन खर्च गरिनेछ । मठ–मन्दिरको यात्रामा समय खर्चंदा तनावमुक्त भइनेछ । विभिन्न निकायबाट रोजगारीको प्रस्ताव आइलाग्नाले मन प्रफुल्लित हुनेछ । मौसमी फेरबदलले स्वास्थ्यमा असर पार्न सक्छ । धार्मिक संस्थाको कार्यक्रममा नयाँ मित्रसँग मनोरञ्जन गर्दा अरूको मन लोभिनेछ ।

मकर – विदेश यात्राको साइत जुर्नाले साथी–संगिनीसँग भ्रमण, खानपान तथा फेसनमा राम्रै धन खर्च गर्नुपर्ने हुन सक्छ । योजना कार्यान्वयनमा ढिलाइ गर्नाले पछि परिनेछ । घरायसी श्रृंगार सामग्री खरिदमा पारिवारिक मतान्तर देखा परे पनि गहना तथा विद्युतीय उपकरण खरिद गर्न मत मिल्नेछ ।

कुम्भ- मन पराउनेले घुमाउरो भाषा प्रयोग गरी प्रेम प्रस्ताव राख्दा मुटुको धड्कन बढ्न सक्छ । हेलचेक्र्याइँ गरी यात्रा गर्दा आर्थिक नोक्सानको थप भार पर्नेछ । सवारी साधन चलाउँदा संयमता अपनाउनुपर्नेछ । नयाँ कार्य सफल पार्न खर्च र मेहनतको जरुरी पर्नेछ । सुनौलो रंगको पहिरनले सहजता महसुस हुनेछ ।

मीन : पहेंलो रंगको पहिरनमा प्रस्तुत हुँदा प्रेमिकाले बढी मन पराउनेछिन् । व्रतालुलाई जल तथा फल प्रदान गरी पूण्य आर्जन गर्ने सम्भावना टरेको छैन । खानपानमा फेरबदल भई शारीरिक दुर्बलता देखा पर्न सक्छ, योग अभ्यास तथा पानी बढी पिउनाले प्राय: समस्याबाट मुक्ति मिल्नेछ । पारिवारिक सल्लाहमा अन्योल देखा पर्दा तपाईंको ठोस प्रस्ताव नै निर्णायक हुनेछ ।

प्रतिक्रिया दिनुहोस्