१६ चैत, रूपन्देही – कोरोना अस्पतालमा आज एक जनाको मृत्यु भएको छ । बुटवल धागो कारखानामा सञ्चालित कोभिड १९ विशेष अस्पतालमा रहेको कोरोना विशेष अस्पतालमा आज युवकको मृत्यु भएको हो ।
सो अस्पतालमा मृत्यु भएका युवक पाल्पाका रहेको बताइएको छ । मृतक युवक ३३ वर्षका रहेका छन् ।
मृतक युवकलाई कोरोना संक्रमणको पुष्टि नभए पनि उनको नमुना परीक्षणको लागि आज काठमाडाैँमा ल्याइएको छ ।
गत ७ गते रूपन्देही गएका ति युवक ६ गते युएइबाट नेपाल आएका थिए ।
ज्वर आएर स्थानीय मेडिकलमा चेकजाँच पनि उनी १३ गते कोरोना विशेष अस्पतालमा भर्ना भएका थिए ।
प्रतिक्रिया दिनुहोस्