Logo

मन्त्री धेरै भयो भनेर किन विरोध, केही दिनमा घट्छन् नि -प्रधानमन्त्री



Spread the love

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् यति नै बनाउनुपर्छ भनेर संविधानमा सीमा नतोकेकोले आफूले ठूलो मन्त्रिपरिषद् बनाएको भनी आलोचना गर्न नहुने बताएका छन्। व्यवस्थापिका संसदको अन्तिम बैठकमा शनिबार सम्बोधन गर्दै प्रधानमन्त्रीले मन्त्रिपरिषद् ठूलो भएको भनी भएको आलोचनाको प्रतिवादमा गर्दै यस्तो जवाफ दिएका हुन्। उनले भने- अहिले मन्त्रिपरिषद् ठूलो भएको भनेर किन कराउने केही दिनमा सानो हुन सक्छ नि! थाहा पाइहाल्नु हुन्छ नि छिट्टै। उनको भनाइ प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग चुनावी तालमेल गरी एकता प्रक्रिया थालेको माओवादी केन्द्रका मन्त्रीहरुलाई छिट्टै हटाउने तर्फको संकेत थियो। त्यसैगरी प्रधानमन्त्री देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधान बमोजिम भूमिका खेलेको भनी पटकपटक उनको प्रशंसा गरेका थिए।

मन्त्रिपरिषद् विस्तारमा अवरोध नपुर्‍याएकोतर्फ उनको संकेत थियो। निर्वाचन आचारसंहिता विपरीत मन्त्रिपरिषद् विस्तार भयो भनी प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले गरेको टिप्पणीबारे प्रधानमन्त्री देउवाले स्थानीय तहको पहिलो चरणको चुनाव भएर दोस्रो चरणको चुनाव गराउन सरकार नै परिवर्तन भयो, मन्त्रिहरु पनि थपियो। त्यतिबेला केही नहुने अहिले चाँहि किन विरोध? प्रधानमन्त्रीले प्रमुख निर्वाचन आयुक्तबाट मन्त्रिपरिषद् विस्तारले चुनावलाई प्रभावित नगराउने भनी अभिव्यक्ति दिइसकेकोबेला अरुले टाउको दुखाउन नहुने बताए।

प्रतिक्रिया दिनुहोस्