Logo

कोरोना भाइरस र इटाली



Spread the love

१७ चैत, एजेन्सी। गएको डिसेम्बरमा चीनको बुहानबाट कोरोना भाइरस फैलिएको थियो । बुहानबाट सुरु भएको भाइरस केही हप्तामा नै संसारभर फैलिसकेको छ । कोरोनाबाट लाखौँ मानिस संक्रमित भएका छन् भने हजारौँ मानिस मरिसकेका छन् ।

विश्वको लगभग हर क्षेत्रमा कोरोना भाइरसको संक्रमण देखिएको छ । विश्वभर गरी ७ लाखभन्दा बढि मानिस यसबाट संक्रमित भएक छन् भने ३३ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

एक लाखभन्दा बढी संक्रमित निको भइ घर फर्किसकेका पनि छन् । सबैभन्दा धेरै संक्रमण अमेरिकामा देखिएको छ भने सबैभन्दा धेरै मृत्यु इटालीमा भएको छ । इटालीमा आजसम्म १० हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

कोरोना भाइरसको संक्रमण रोक्नको लागि विभिन्न कदम चाले पनि इटालीमा प्रतिदिन औषतमा छ सय मानिस मरिरहेका छन् ।

इटालीमा लकडाउन भएको यो छैटौँ साता हो । लकडाउन भए पनि किन अरु देशको तुलनामा इटालीमा धेरैको ज्यान गइरहेकि छ ?

विशेषज्ञहरु यसको लागि धेरै कारणहरु जिम्मेवार भएको बताउँछन् । सबैभन्दा ठुलो कारण यो हो कि इटालीमा वृद्धवृद्धाको सङ्ख्या अत्याधिक रहेको छ । जापानपछि इटालीमा वृद्धवृद्धाको सङ्ख्या धेरै रहेको छ ।

कोरोना भाइरसको बारेमा स्पष्ट भएको एक मात्र कुरा – यसले बुढाबुढीलाई धेरै असर गर्दछ ।

मिलानको एक अस्पतालमा काम गर्ने डाक्टर मासिमोका अनुसार इटालीमा जति संक्रमित भएका छन् त्यसले सबै संक्रमितको तथ्याङ्क देखाउँदैन । उनका अनुसार आंकडा धेरै छ ।

जसलाई धेरै संक्रमण भएको छ त्यसलाई मात्र जाँच गरिएको छ । बाँकी मानिसको जाँच भएको छैन । यस कारणले पनि ज्यान गुमाउनेहरुको सङ्ख्या बढिरहेको छ ।

इटालीको लोम्बार्डी प्रदेश सबैभन्दा धेरै प्रभावित भएको क्षेत्र हो । यहाँ प्रत्येक दिन पाँच हजारभन्दा बढी स्वाब टेस्ट गरिन्छ । अहिले जति टेस्ट गरिएको छ त्यो भन्दा धेरै टेस्ट गर्न बाँकी नै छ किनभने हजारौँ मानिस घरमा छन् जो निदानका लागि पर्खिरहेका छन् ।

कोरोना भाइरसबाट संक्रमितहरुलाई हेरचाह गर्ने डाक्टर, नर्सहरुसँग सुरक्षा सामग्री र उपकरणको पनि कमी रहेको छ । अरु देशको लागि यो एक चेतावनी पनि हो ।

डाक्टर मासिमो भन्छन्,”हाम्रो देशको राष्ट्रिय स्वास्थ्य हेरचाह प्रणाली छ र यसले राम्रोसँग काम गरिरहेको छ । खास गरी लोम्बार्डीमा कोरोनाले प्रणालीलाई नराम्रोसँग प्रभावित गरेको छ । इटालीमा बिस्ताराको सङ्ख्या बढे पनि औषधिको अभाव रहेको छ । औषधिको कमी महसुस अरु देशले पनि गर्नेछन् ।

इटालीको सरकारी हेल्थ इन्सिच्युटका अनुसार इटालीमा आजसम्म मर्नेहरुको औषत उमेर ७८ वर्ष रहेको छ ।

इटालीले कोरोना भाइरस रोक्नको लागि जुन प्रतिबन्ध लगाएको छ त्यो आवश्यक भन्दा धेरै नै छ ।

चीनको बुहान सहर जहाँबाट कोरोना फैलिएको थियो । त्यहाँ जनवरीमै लकडाउन गरियो । बुहान सहरमा आवतजावत रोकियो । बस, ट्रेन, जहाज सबै बन्द गरियो ।

इटालीले घरबाहिर निस्किनेलाई जरिमाना तिराउने आदेश दिएको छ । इटालीको सबैभन्दा बढी प्रभावित भएको क्षेत्र लिम्बार्डीमा त आफ्नो घरबाट २०० मिटरभन्दा अगाडि पनि जान पाइदैन ।

प्रतिक्रिया दिनुहोस्