Logo

कोरोनाले कस्ता खालका बिरामीको ज्यान लिन्छ ?



Spread the love

एजेन्सी । कोरोना भाइरसबाट ૪३ हजारभन्दा बढीको ज्यान गइसकेको छ । कोरोनाबाट ज्यान गुमाउनेहरुको सङ्ख्या इटालीमा अत्याधिक रहेको छ । इटालीमा किन धेरैको ज्यान गयो भनी नेशनल इन्स्चिच्युट अफ हेल्थले अनुसन्धान गरेको छ ।

इटालीको नेशनल इन्स्चिच्युट अफ हेल्थले गएको १७ मार्चमा जारी गरेको एक रिपोर्टमा कोरोनाको कहर इटालीमा किन धेरै देखियो भन्ने विषय खुलाइएको थियो ।

नेशनल इन्स्चिच्युट अफ हेल्थले मर्नेवालाहरुको आंकडा हेर्दा ९९ प्रतिशत मानिस पहिलादेखि नै कुनै न कुनै रोगबाट ग्रसित थिए ।

रिपोर्टमा यो पनि दाबी गरिएको छ कि मर्नेहरुमध्ये करिब ५० प्रतिशत मानिसहरु तीन-तीन बिरामीबाट ग्रसित भएका थिए । यसबाट थाहा हुन्छ कि कोरोना भाइरसले रोग प्रतिरोधात्मक क्षमता कम भएको अथवा पहिला देखि नै रोगबाट पिल्सिरहेकालाई बढी असर गर्दछ ।

डाक्टरहरुका भन्छन् कि उमेर बितेका मानिसका साथै ती मानिस जो मुटुरोग, उच्च रक्तचाप, मधुमेह र म्रिगौलाका समस्याबाट ग्रसित भएकाहरुको सङ्ख्या बढी छ ।

इटालीमा कोरोनाबाट मर्ने ७६.१ मानिसहरु उक्त रक्तचापबाट शिकार भएको पाइएको छ । अमेरिकन हर्ट एशोसियसनका अनुसार अमेरिकामा पनि अत्याधिक मात्रामा उक्त रक्तचाप भएका मानिसहरु शिकार भएको पाइएको छ । यो बिरामीबाट ग्रसित भएका मानिसमा कोरोना संक्रमित भएपछि रोग प्रतिरोधात्मक क्षमता निकै घट्दछ ।

इटालीमा कोरोना भाइरसबाट मर्नेहरुमध्ये करिब ३३ प्रतिशत मानिस मुटुको रोगबाट ग्रसित भएको पाइएको छ । मुटु रोगबाट ग्रसित मानिसलाई फ्लु इन्फेक्सनले चाँडै नै घेर्ने गर्दछ ।

यति मात्र नभइ लगभग एक-चौथाइ मानिस मर्नुभन्दा पहिला उनीहरुको मुटुको गति पनि असामान्य भएको पाइएको छ । मुटुको गतिमा समस्या भएपछि स्ट्रोक्स, हृदयघात जस्ता समस्या हुने गर्दछ ।

कोरोनाबाट ज्यान गुमाउनेहरुको सङ्ख्यामा मधुमेह भएका बिरामीहरु अत्याधिक रहेका छन् । इटालीमा मर्नेहरुमध्ये ३५.५ प्रतिशत मधुमेहका बिरामी भएको बताइएको छ । हेल्थ डट कमका अनुसार मधुमेहबाट ग्रसित भएका बिरामीको रोग प्रतिरोधात्मक क्षमता निकै कम हुने गर्दछ ।

कोरोना भाइरसबाट इटालीमा ज्यान गुमाउनेहरुमध्ये क्यान्सर भएका मानिसहरु पनि प्रशस्त थिए । करिब २०.३ प्रतिशत मानिस गएको ५ वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए ।

यसै गरी १८ प्रतिशत मानिस गम्भीर म्रिगौलाको रोगबाट ग्रसित थिए । यसै गरी ९.६ प्रतिशत मानिस डेमेन्सियाजस्ता समस्याबाट गुज्रिरहेका थिए । यस्तै १३.२ प्रतिशत मानिसहरु फोक्सो सम्बन्धि रोगबाट जुधिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्