Logo

युरोपेली फुटबल तत्काल सुरू नहुने



Spread the love

१९ चैत, एजेन्सी – युरोपियन च्याम्पियन्स लिग र युरोपा लिग तत्काल सुरू नभएको छ । अर्को सुचना जारी नहुँदासम्मका लागि यी २ प्रतियोगिता तत्काल सञ्चालन नहुने भएका हुन् ।

जारी सिजनका युरोपियन च्याम्पिन्स लिग अन्तर्गत अन्तिम १६ का ४ खेल समाप्त भइसकेका छन् भने ४ खेलहरूको दोश्रो लेग हुन बाँकी नै छ ।

अब यी खेलहरू सहित युरोपा लिग पनि युरोपेली फुटबल महासंघले अर्को सुचना जारी नगर्दासम्म स्थगित नै हुनेछन् ।

विश्व नै कोरोनाको संक्रमणसँग जुधिरहेको बेला विश्वका हरेक फुटबल प्रतियोगिताहरू पनि तत्कालका लागि स्थगित भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्