Logo

मेडिकल सामग्री लिन गएको जहाज चीन पुग्यो, २० टन मेडिकल सामग्री ल्याएर आउँदै



Spread the love

२० चैत, काठमाडौं । कोरोना भाइरसको मेडिकल सामग्री ल्याउन नेपाल वायुसेवा निगमको वाइड बडी ए ३३० जहाज चीनको ग्वान्जाओका लागि उडेको छ । 

जहाज बिहीबार बिहान ११ बजे काठमाडौंबाट उडेको थियो । उक्त जहाज केहीबेरअघि नेपाली समयअनुसार २:५० बजे ग्वान्जाओमा ल्याण्ड भएको छ।  सो जहाज आजै राति काठमाडौं फर्कने विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिएका छन् ।

२० टनजति मेडिकल सामग्री लिएर जहाज आजै राति काठमाडौं आइपुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्