Logo

नेपालीको दोस्रो ठूलो चाड तिहार सुरू: अाज काग तिहार



Spread the love

कार्तिक कृष्ण त्रयोदशीका दिन, मङ्गलबार(आज)देखि नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व सुरु भएको छ ।

काग पूजा
यमपञ्चकको पहिलो दिन कागलाई परिकार खुवाएर कागको पूजा गरिँदैछ ।

ज्योतिषीय मान्यता 
कागपूजादेखि पाँच दिनसम्म यमराज मत्र्यलोकमा विचरण गर्न आएका हुन्छन् भन्ने मान्यता छ ।

कागले यमराज र बहिनी यमुनाबीच सूचना आदानप्रदान गरेको प्रसङ्गलाई यही दिन संस्मरण गरिन्छ ।

कागलाई यमदूतका रूपमा पूजाअर्चना गरिन्छ ।

कागलाई भोजन गराउँदा भोजन सीधै पितृले पाउँछन् भन्ने ज्योतिषीय मान्यता रहेको डा. सुनिल सिटौला बताउँछन् ।  उनका अनुसार पूजाका दिनबाहेक अन्य दिन पनि कागलाई भोजन गराउँदा पितृ तृप्त हुन्छन् ।

निकै चतुर पक्षीका रूपमा कागलाई लिइन्छ ।

धन्वन्तरी जयन्ती
यसै दिन आयुर्वेदका प्रवर्तक धन्वन्तरी जयन्ती परेकाले जयबागेश्वरीस्थित धन्वन्तरी पीठमा अर्चना गरेर मनाइँदैछ ।

आरोग्य दिवस
यसै दिन मुलुकभर आरोग्य दिवस मनाउने गरिएको छ ।  बाग्मती अञ्चल आयुर्वेद औषधालयले जयबागेश्वरीस्थित धन्वन्तरी पीठमा पूजा आयोजना गरेको छ ।

रावणको उपचार
आयुर्वेद क्षेत्रका सङ्घसंस्थाले धन्वन्तरीको पूजा गर्दै आरोग्य दिवस मनाउँदैछन् ।  जयबागेश्वरी निवासी समाजसेवी ज्येष्ठ नागरिक मुकुन्द वैद्यका अनुसार यहाँका वैद्यले परापूर्वकालमा रावणको उपचार गरेको भनाइ छ ।

त्यसैले यहाँको पीठमा धन्वन्तरीको अर्चना हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्