Logo

कामदारहरुलाई सुरक्षित राखेर खाद्यान्न उत्पादन गर्ने उद्योग प्रतिष्ठानहरु खुल्ने



Spread the love

२० चैत, काठमाडौं । महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमणलाई ध्यानमा राखेर सरकारले उद्योग प्रतिष्ठानहरु खोल्न दिने भएको छ । बिहीबार बसेको कोरोना भाइरस नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिको बैठकले खाद्यसामग्री लगायतका अत्यावश्यक बस्तु उत्पादन गर्ने उद्योग प्रतिष्ठानहरु खोल्न दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले ‘उद्योगभित्रै कामदारहरुलाई सुरक्षित राखेर स्वास्थ्यका मापदण्डहरु पुरा गरेर चलाउने दिने निर्णय भएको छ,’ बताए ।

प्रतिक्रिया दिनुहोस्