Logo

२ लाख ४५ हजार अमेरीकीलाई कोरोना संक्रमण



Spread the love

२१ चैत, एजेन्सी – विश्वव्यापी रूपमै महामारी मच्चाइरहेको कोरोना भाइरसले अमेरीकामा उग्र रूप लिँदै गएको छ । विश्वका २०२ देशमा फैलिएको कोरोना अमेरीकामा भने अझ व्यापक हुँदै गएको छ ।

यो समाचार तयार पार्दासम्म कोरोनाबाट २ लाख ४५ हजार भन्दा बढी अमेरीकी संक्रमित भएका छन् भने ६ हजार ७५ जनाले ज्यान गुमाइसकेका छन् ।

अमेरीकामा कोरोना संक्रमित हुने र निको हुनेका बीच ठुलै दुरी रहेको छ । २ लाख ४५ हजार अमेरीकी संक्रमित हुँदा जम्मा १० हजार ४ सय ३ जना मात्र उपचारपछि निको भएर फर्किएका छन् ।

त्यसै गरी इटालीमा १ लाख १५ हजार २ सय ४२ जनालाई कोरोना संक्रमण हुँदा १३ हजार ९ सय १५ जनाले ज्यान गुमाएका छन् । इटालीमा १८ हजार २ सय ७८ जना संक्रमित उपचार पश्चात् निको भएर फर्किएका छन् ।

कोरोनाको अर्को भुमरी खेपेको स्पेनमा पनि कोरोना संक्रमितको संख्या १ लाख १२ हजार ६५ पुगेको छ । त्यसै गरी स्पेनमा कोरोनाको कारणले १० हजार ३ सय ४८ जनाले ज्यान गुमाउँदा २६ हजार ७ सय ४३ जना उपचारपछि निको भएर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्