Logo

खुकुलो हुने भयो लकडाउन



Spread the love

२१ चैत, काठमाडाैँ – कोरोना संक्रमण तथा यसको रोकथाका लागि भन्दै गरिएको लकडाउन खुकुलो हुने भएको छ । बिहीबार बसेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन खुकुलो बनाउने निर्णय गरेको हो ।

समितिको निर्णय अनुसार अब खाद्यान्न लगायत अन्य अत्यावश्यक वस्तु र ठुला उद्योग सञ्चालन हुने भएका छन् । यस अनुसार ठुला उद्योगले कर्मचारी उद्योगभित्रै सुरक्षित रूपमा राखेर उद्योग सञ्चालन गर्न पाउने भएका छन् ।

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले तामाकोशी, मेलम्चीलगायत ठूला आयोजनामा काम गर्ने कामदारलाई उद्योगभित्र नै सुरक्षाको व्यवस्था मिलाइ काम गर्न सकिने बताएका छन् । त्यसै गरी हिउँदे बाली काट्ने तथा वर्षे बाली गर्ने काम पनि बाहिरबाट मान्छे नल्याइ गर्न पाइने बताएका छन् ।

बैठकले अत्यावश्यक औषधि, दैनिक उपभोग्य सामाग्री तथा खाद्य सामाग्रीको सहज आपूर्ति गराउनका लागि आवश्यक ढुवानीका साधन सञ्चालन गर्न दिइने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्