Logo

‘कोरोना भाइरसको खोपको सफल परीक्षण’



Spread the love
पेन्सलभेनियास्थित पिट्सबर्ग विश्वविद्यालयको ल्याबमा अनुशन्धान गर्दै अनुशन्धानकर्ता

२१ चैत, एजेन्सी – कोरोना भाइरस विरूद्धको खोपको सफल परीक्षण भएको छ । अमेरीकाको पेन्सलभेनियास्थित पिट्सबर्ग विश्वविद्यालयले कोभिड–१९ को खोपका लागि गरीएको परीक्षणमा सफलता मिलेको दाबी गरेको हो ।

पिट्सबर्ग विश्वविद्यालयका अध्यक्ष डोनाल्ड एम् एलीकाका अनुसार विभिन्न अनुसन्धानकर्ताहरूले मुसाको प्रजातिमा गरेको परीक्षण सफल भएको र यस परीक्षणले कोरोनासँग लड्नसक्ने क्षमता विकास हुने बताइएको छ ।

पत्रकार सम्मेलनमा अनुसन्धानकर्ताहरू अब यो खोप विभिन्न प्रजातिका जनावरमा परीक्षणका लागि अनुमति माग्ने प्रकियामा रहेको समेत बताइएको छ ।

यो समाचार न्यु योर्क पोस्टमा प्रकाशित भएको छ :- पढ्नका लागि यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्