Logo

कोरोनाले गर्दा सफा वायुमण्डल



Spread the love

२१ चैत, एजेन्सी । कोरोना भाइरस चीनको बुहानबाट उत्पत्ति भई विश्वभर फैलिसकेको छ । इटाली, अमेरिका, स्पेन, फ्रान्स र जर्मनी लगायतका देशहरुमा कोरोनाको त्राश बढिरहेको छ । भाइरसको कारणले लाखौँ मानिसलाई सास फेर्न गाह्रो गाह्रो भएको छ । तर, कोरोना भाइरसको कारणले गरिएको लकडाउनले गर्दा पृथ्वीलाई निकै फाइदा भएको छ । धर्तिमा ७५ सालपछि पहिलो पटक वायुमण्डल सफा भएको छ । यसभन्दा पहिले द्वितीय विश्वयुद्धको समयमा वायुमण्डल सफा भएको थियो ।


वैज्ञानिकहरुले द्वितीय ‍विश्वयुद्धपछि पहिलो पटक धर्तिमा कार्बन ग्याँसको उत्सर्जन कम भएको बताएका छन् । यो सब कोरोनाले गर्दा लगाइएको लकडाउनको कारणले भएको हो । लकडाउनको कारणले नै विश्वमा कार्बनको उत्सर्जनमा कमी आएको हो ।


ग्लोबल कार्बन प्रोजेक्टका प्रमुख रब ज्याक्सनले बताएका छन् कि यो साल कार्बन उत्सर्जनमा ५ प्रतिशत कमी आउनेछ । यसभन्दा पहिला सन् 2008 मा आर्थिक मन्दीको समयमा कार्बन उत्सर्जन जम्मा 1.4 प्रतिशत भएको थियो ।


रब ज्याक्सन क्यालिफोर्नियामा रहेको स्ट्याण्डफोर्ड यूनिभर्सिटीका प्रोफेसर हुन् । ज्याक्सनले बताएका छन् कि द्वितीय विश्वयुद्धको समयमा धेरै देश बन्द थिए । बजार, यातायात, उद्योग बन्द थिए । जसकारणले गर्दा हावामा प्रदूषणको स्तर निकै कम भएको थियो । फेरि यस्तो खालको अवस्था नआउन सक्दछ ।


ज्याक्सन भन्छन् , “प्रदूषणमा अस्थायी रुपमा कमी आएको हो । जब लकडाउन हट्नेछ तब हामी उही फोहोरमा जिन्दगी जीउन बाध्य हुनेछौँ । हाम्रो धर्तिले कहिल्यै पनि प्रदूषणयुक्त हावा लिन नपाउने भईन् । तर यो प्रदुषणलाई बिस्तारै- बिस्तारै कम गर्नु जरुरी छ । “


सन् 2008 मा भएको आर्थिक मन्दीपछि धर्तिमा ग्रिनहाउस ग्यासको उत्सर्जनमा धेरै गिरावट आएको थियो । तर, त्यसपछि भने ५.१ प्रतिशत बढेको थियो । चीनमा लकडाउनको कारणले कार्बनको उत्सर्जननमा २५ प्रतिशत गिरावट भएको छ ।


संयुक्त राष्ट्र संघले गएको साल नोभेम्बरमा एक रिपोर्ट प्रकाशित गरेको थियो । उक्त रिपोर्ट अनुसार यदि हर साल कार्बन उत्सर्जनमा ७.६ प्रतिशत गिरावट आयो भने पृथ्वीको तापक्रममा १.५ डिग्री सेल्सियसले कमी आउनेछ ।


वैज्ञानिकहरुको मान्छन् कि यो साल कोरोना भाइरसले गरिएको लकडाउनको कारणले कार्बन उत्सर्जनमा १० देखि २० प्रतिशत कमी आएपनि लामो समय भने टिक्ने छैन । किनकी सन् २०२१ को सुरुआत भएसँगै फेरि बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस्