Logo

मेसीको प्लेन इमर्जेन्सी ल्याण्ड



Spread the love

२१ चैत, एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टाइन स्टार लियोनल मेसीको प्लेन इमर्जेन्सी ल्याण्ड गरेको छ । शुक्रबार बिहान ब्रसेलको एयरपोर्टमा मेसीको नीजि प्लेन इमर्जेन्सी ल्याण्ड गरेको हो ।

बेल्जियन अनलाइन एचएलएनले जनाए अनुसार शुक्रबार बिहान ९ बजेर १० मिनेट जाँदा सो प्लेन ल्याण्ड भएको थियो ।

प्लेनमा प्राविधिक समस्या देखिएपछि ल्याण्ड गरेको र ९० मिनेटपछि सो प्लेनले उडान भरेको बताइएको छ ।

मेसीले प्रायः प्रयोग गर्ने प्लेनमा आज भने मेसी रहेका थिएनन् । उनी अहिले कोरोनाले गर्दा घरमै बसिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्