Logo

लकडाउन खुले लगत्तै एसईई



Spread the love

२२ चैत, काठमाडाैँ – कोरोना रोकथामका लागि भन्दै गरिएको देशव्यापी लकडाउन सकिए लगत्तै एसईई परीक्षा हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लकडाउन खुलेलगत्तै माध्यमिक शिक्षा परीक्षा (एसईई) हुने जनाएको हो ।

एसईईमा सामेल हुने विद्यार्थीलाई अनावश्यक तनावबाट मुक्त भइ परीक्षाको तयारीमा लाग्न समेत बताएको छ । परीक्षा तयारीमा रहेका विद्यार्थीले घरमै बसेर एसईई परीक्षालाई लक्षित सामग्री हेर्न, पढ्न सक्ने व्यवस्था रहेको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताएका छन् ।

कोरोना संक्रमण फैलनसक्ने भन्दै चैत ६ गतेबाट हुने भनिएको परीक्षा अर्को सुचना जारी नहुँदासम्मका लागि स्थगन गरिएको थियो ।

यसपालि नेपालभरबाट ४ लाख ८२ हजार ७ सय ७ जनाले एसईई दिने तयारी रहेको राष्ट्रिय परीक्षा बोर्डको रेकर्ड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्