Logo

भारतमा भयावह कोरोना, एकैदिन १६ को मृत्यु



Spread the love

२२ चैत, भारत – विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भारतमा पनि भयावह बन्दै गएको छ । केही हप्ता अघिसम्म सामान्य नै रहेको कोरोना पछिल्ला ३ दिनमा भयावह हुँदै गएको हो ।

भारतमा अहिलेसम्म २ हजार ५ सय ६७ जना कोरोना संक्रमित पुष्टि भएका छन् भने अहिलेसम्म ७२ जनाको मृत्यु भइसकेको छ ।

भारतमा बितेको २४ घण्टामा कोरोनाले १६ जनाको मृत्यु भएको छ । यो अहिलेसम्मकै सबैभन्दा धेरै हो । त्यसै गरी सोही अवधिमा ५ सय २ जना नयाँ संक्रमित फेला परेका छन् ।

भारतको महाराष्ट्रमा अहिलेसम्म सबैभन्दा धेरै कोरोना संक्रमित पाइको छ । सो स्थानमा मात्रै लगभग ५ सय कोरोना संक्रमणको पुष्टि भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्