Logo

दिल्ली धार्मिक सभामा सहभागी एक नेपालीलाई कोरोना पोजेटिभ



Spread the love
फाइल तस्बीर

२२ चैत, एजेन्सी – दिल्लीको धार्मिक सथामा सहभागी एक जना नेपालीलाई कोरोना पोजेटिभ देखिएको छ । केही दिनअघि सम्पन्न मुस्लिमहरुको धार्मिक भेला ‘जमाती’मा सहभागी भएका एक नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

भारतीय स्वास्थ्य अधिकारीहरूका अनुसार कोरोना संक्रमित पुरूष पर्सा जिल्लाका रहेका छन् । उनी ६६ वर्षिय पुरूष भएको पनि अधिकारीहरूले पुष्टि गरेका छन् ।

सो धार्मिक सथामा संलग्नलाई कोरोना पोजेटिभ देखिएपछि प्रहरीले महेशनगरको मस्जिदमा छापा मारेर पक्राउ गरेकालाई क्वारेन्टाइनमा पठाएको थियो ।

सो धार्मिक सभामा १० जना पर्सा जिल्लाका नेपाली त्यहाँ पुगेको बताइएको छ ।

संक्रमितसँगै रहेका अर्का नेपालीमा भने कोरोना नेगेटिभ देखिएको छ । सो सभामा सम्लग्न अधिकांशलाई कोरोना संक्रमण भएको हुनसक्ने भारतीयहरूको आँकलन रहेको छ । र भारतमा भेटिएका धेरै कोरोना संक्रमित सोही सभामा संलग्न भएको पनि पाइएको छ ।

भारतमा लकडाउन भएका कारणले सो सभामा सहभागी नेपाली नेपाल प्रवेश गर्न पाएका छैनन् । उनीहरू भारतकै क्वारेन्टाइनमा बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्