Logo

बिरामीलाई घरमै औषधि



Spread the love

२२ चैत, भीमदत्तनगर – ‘लकडाउन’ मा अन्य रोगका बिरामीलाई अस्पताल तथा स्वास्थ्य संस्थामा औषधि खरिद गर्न जान समस्या हुने भन्दै लियो क्लब अफ महाकाली क्लासिकले घरघरमा निःशुल्क औषधि पुर्याउने भएको छ ।

सो क्लबका प्रथम उपाध्यक्ष सुनिल थापा मानसिक रोगी, मधुमेह, उच्च रक्तचापलगायत नियमित औषधि सेवन गर्नेले औषधि माग गरेबमोजिम घरमै पुर्याउँदै आएको बताए ।

“अशक्त र औषधि किन्न बजारसम्म पुग्न नसक्नेलाइ यो व्यवस्था मिलाएका हौँ”, थापाले भने, “हामीले सामाजिक सञ्जालमा सम्पर्क नम्बर सार्वजनिक गरेका छौँ ।” क्लबले भीमदत्तनगरको महाकाली अस्पताललाई पाँच थान पिपिइ र स्यानिटाइजर उपलब्ध गराएको छ । बिरामीको उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षामा सहयोग पुगोस् भनेर क्लबले उक्त स्वास्थ्य सामग्री उपलब्ध गराएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्