Logo

मन्त्रिपरिषद्को बैठक सकियो



Spread the love

२२ चैत, काठमाडाैँ – आज साँझ बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ । आज भएको बैठकले स्वास्थ्यकर्मीका सुरक्षाका बारेमा विभिन्न निर्णय भएको प्रवक्ता डाक्टर युवराज खतिवडाले बताएका छन् ।

यसका साथै स्वास्थ्यकर्मीको मनोबलमा आँच आउने खालका कार्य गर्ने जो कोहीलाई कारबाही गर्ने पनि खतिवडाले जानकारी दिएका छन् । त्यसै गरी स्वास्थ्य कर्मीको सुरक्षाका लागि आवश्यक पर्ने सामग्री जतिसक्दो चाँडो ल्याउने निर्णय भएको जानकारी पनि उनले दिए ।

साथै आज भएको बैठकमा लकडाउनको बारेमा कुनै निर्णय नभएको र लकडाउनको बारेमा छिट्टै अर्को बैठक बस्ने पनि प्रवक्ता खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्