Logo

इटली र स्पेनमा मृत्युको आँकडामा कमि आउँदा अमेरिकामा भने संक्रमण लगातार बढ्दै



Spread the love

एजेन्सी । विश्वभर कोरोनाभाइरसले महामारीको रुप लिदा पछिल्लो दुई दिनको तुलनामा संक्रमितको संख्या थोरै कम भएको छ । कोरोना भाइरस (कोभिड १९) का कारण सोमबार विहानसम्म १२ लाख ७२ हजार मानिस संक्रमित भएका छन् । कोभिड १९ का कारण ६९ हजर तीन सय ५० जनाको मृत्यु भएको छ भने दुई लाख ६० हजार मानिस निको भएर घर फर्किएका छन् ।

पछिल्लो दुई हप्तामा पहिलो पटक इटलीमा संक्रमणबाट हुने मृत्युमा कमी देखिएको छ । आइतबार इटलीमा कोरोनाका कारण ५२५ जनाको मृत्यु भएको छ । स्पेनमा एकैदिन ६ सय ९४ को मृत्यु भएको छ । गत हप्ताको तुलनामा २४ घण्टाभित्र भएको मृत्युको यो सबैभन्दा कम संख्या हो । तर , अमेरिकामा कोरोनाभाइरसको संक्रमण लगातार बढिरहेको छ । संसारभरी सबैभन्दा धेरै ३ लाख ३६ हजार बिरामी अमेरिकामा छन् । यहाँ एकैदिन ११ सय ६५ जनाको मृत्यु भएको छ ।

भारतमा अहिलेसम्म ३ हजार ५ सय ७७ जनामा कोभिड १९ को संक्रमण देखिएको छ भने ८३ जनाको मृत्यु भएको छ । आइतबार मात्र ५ सय ५ जना नयाँ संक्रमित भेटिएका छन् ।

फ्रान्समा कोरोनाभाइरसको संक्रमणबाट भएको मृत्युको आँकडा ८ हजार नाघिसकेको छ । पछिल्लो २४ घण्टामा यहाँ ५ सय १८ को मृत्यु भएको छ जबकि शनिबार यो आँकडा ४४१ थियो । यस्तै , बेलायतमा बितेको २४ घण्टामा ६ सय २१ जनाको मृत्यु भएको छ । यहाँ मृत्यु हुनेको संख्या ४ हजार ९ सय ३४ पुगेको छ । संक्रमितको संख्या ४८ हजार भन्दा बढी पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्