Logo

कोरोनाले लियो ग्वार्डिवलाकी आमाको ज्यान



Spread the love

२४ चैत, एजेन्सी – इंग्लिस क्लब म्यान्चेस्टर सिटिका वर्तमान प्रशिक्षक पेप ग्वार्डिवलाकी आमाको मृत्यु भएको छ । स्पेनमा आक्रामक बनिरहेको कोरोना भाइरसले उनकी आमाको मृत्यु भएको हो ।

कोरोना भाइरसबाट संक्रमित उनकी आमाको मृत्यु भएको म्यानचेस्टर सिटिले घोषणा गरेको छ । उनकी आमा ८२ वर्षकी रहेकी थिइन् ।

म्यानचेस्टर सिटिले ग्वार्डिवलाकी आमाको मृत्युमा शोक जनाउँदै ट्विटरमा “कोरोना भाइरसका कारण क्लबका प्रशिक्षक ग्वार्डिवलाकी आमा डोलर्स सलाको मृत्यु भएको खबर प्रवाह गर्दा क्लब दुखी भएको छ । उनी ८२ वर्षकी थिइन् र क्लबसँग जोडिएका सबैको उनीप्रति हार्दिक समवेदना छ ।” पोस्ट गरेको छ ।

डोलर्स सलाको मृत्युप्रति म्यान्चेस्टर युनाइटेडले पनि दुःख व्यक्त गरेको छ ।

उनकी आमाको स्पेनको शहर बार्सिलोनामा मृत्यु भएको हो । स्पेनमा कोरोना भाइरसका कारण १३ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

ग्वार्डिवलाले कोरोनासँग लड्न एक हप्ता अगाडी १ मिलियन पाउण्ड सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्