Logo

कर्णालीमा ७९ को परीक्षण, सबैको रिपोर्ट नेगेटिभ



Spread the love

२५ चैत, कर्णाली – कर्णाली प्रदेशमा कोभिड १९ आशंकित ७९ जनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । कर्णाली प्रदेश अस्पतालमा पोलिमर्च चेन रिएक्सन (पिसिआर) मेसिन सञ्चालनमा आउनुअघि ३१ जनाको काठमाडौं लगेर ‘थ्रोट स्वाब’ परीक्षण गरिएको थियो ।


प्रदेश स्वास्थ्य निर्देशनालयका ल्याब फोकलपर्सन ओम आचार्यले सुर्खेतमा ४८ र काठमाडौंमा ३१ गरी हालसम्म ७९ जनाको कोभिड १९ को परीक्षण गरिएको बताए । “स्वाब सङ्कलनका लागि पहाडी र हिमाली जिल्लामा दुई टोली खटाइएको छ, जिल्लाकै ल्याब प्राविधिकलाई यससम्बन्धी तालिम पनि दिने काम भइरहेको छ,” उनले भने, “हाल भारत र तेस्रो मुलुकबाट आएकाको स्वाब सङ्कलनमा प्राथमिकता दिएका छौं ।”


प्रतिक्रिया दिनुहोस्