Logo

कोरोनाको प्रभाब – कक्षा ११ र १२ को परीक्षा अनिश्चितकालसम्मका लागि स्थगित



Spread the love

२५ चैत, काठमाडौं । कोरोनाको महामारीलाइ ध्यानमा राखेर देश लकडाउनमा गएपछि निर्धारित कक्षा ११ र १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सूचना प्रकाशित गर्दै परीक्षा अनिश्चितकालसम्मका लागि स्थगित गरिएको जानकारी दिएको हो ।

यसअघि कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गतेबाट र ११ को परीक्षा बैशाख २१ गतेबाट सुरु गर्ने कार्यतालिका रहेको थियो । परीक्षाको नयाँ तालिका अवस्थामा सुधार भएलगत्तै सार्वजनिक गर्ने बोर्डद्वारा जारी सूचनामा उल्लेख छ । यसअघि बोर्डले पूर्वनिर्धारित एसईई परीक्षा पनि स्थगित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्