Logo

कोरोना अस्पतालमा मृत्यु भएका बाबुरामको शव ११ दिनपछि बल्ल उठ्यो



Spread the love

काठमाडौँ । बुटवलको कोरोना विशेष अस्पतालमा उपचारको क्रममा ज्यान गुमाएका बाबुराम थापाको शव ११ दिनपछि उठ्ने भएको छ । पाँचबुँदे सहमतिसँगै कोरोना विशेष अस्पतालबाट बाबुराम थापाको शव बुझ्न परिवार सहमत भएको हो ।

परिवारले बाबुरामको उपचारमा चिकित्सकले लापरबाही भएको भन्दै १० दिनयता शव बुझ्न मानेका थिएनन् । बुधबार प्रदेश ५ को समाजिक विकास मन्त्रालयमा बसेको सर्वपक्षीय बैठकबाट ५ लाख ५ हजारको कोषमा थप आर्थिक सहयोग जुटाइने सहमति भएको छ । त्यसैगरी बैठकले बाबुरामका २ छोरालाई उच्च शिक्षासम्म पठनपाठन र श्रीमती रीता थापा क्षेत्रीलाइ स्थानीय सरकारले रोजगारी दिने निर्णय गरेको छ ।

कोरोनाको आशंकामा उपचार सुरु गरिए पनि परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो। आफन्तमा कोरोनाकै कारण मृत्यु भएको भन्ने त्रास फैलिएपछि मृत्युको ११ दिनसम्म पनि शव उठ्न सकेको थिएन।

प्रतिक्रिया दिनुहोस्