Logo

कोरोनाले बेलायतमा ३ नेपालीको मृत्यु



Spread the love

२७ चैत, एजेन्सी – कोरोना भाइरसले बेलायतमा थप ३ नेपालीको मृत्यु भएको छ । बुधबार बेलायतमा ३ नेपालीको कोरोनाका कारण मृत्यु भएको हो ।

बुधबार बेलायका ३ छुट्टाछुट्टै अस्पतालमा उनीहरूको मृत्यु भएको हो । मृत्यु भएकामध्ये २ जना पूर्व गोर्खा सैनिक र १ जना भने पारीवारिक भेटघाटका लागि बेलायत गएको बताइएको छ ।

बुधबार बेलायमा मृत्यु हनेमा ५८ वर्षीय शिव श्रेष्ठ, ५९ वर्षीय चेतप्रसाद गुरुङ र अन्दाजी ७६ वर्षिय वृद्ध रहेका छन् ।

हिजो मृत्यु भएका ३ जनासँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउने नेपालीको संख्या ५ पुगेको छ । २ हप्ता अघि पनि ६६ वर्षीय लिलाबहादुर राई र ४० वर्षीय प्रशान्त अर्यालले कोरोनाकै कारण ज्यान गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्