Logo

कोरोनाले अमेरीकामा एक नेपालीको मृत्यु



Spread the love

२७ चैत, काठमाडाैँ – कोरोना भाइरसका कारण अमेरीकामा थप १ नेपालीको मृत्यु भएको छ । कोरोनाका कारण बुधबार न्यु योर्कमा नेपालीको मृत्यु भएको छ ।

बुधबार न्यु योर्कको एल्मष्ट अस्पतालमा सोलुखुम्बु घर भएका निमा टेम्बा शेर्पाको मृत्यु भएको बताइएको छ । उनी ४४ वर्षका रहेका थिए ।

न्यु योर्कमा गैरआवासीय नेपालीका रूपमा बस्दै आएका निमाका श्रीमती, एक छोरा र एक छोरी छन् ।

केही दिन अघि निमाको मृत्यु भएको समाचार आएता पनि अस्पतालले उनी जीवित नै भएको बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्