Logo

कोरोनाको प्रकोप – अमेरिकामा एकैदिन १८ सय भन्दा बढीको मृत्यु, ४ लाख बढी संक्रमित



Spread the love

एजेन्सी । पछिल्लो २४ घण्टाभित्र अमेरिकामा १८ सय ९७ को ज्यान गएको छ । यससँगै यहाँ मृतकको संख्या १४ हजार ७ सय ३८ पुगेको छ ।

पछिल्लो आँकडा अनुसार संयुक्त राज्य अमेरिकामा संक्रमित संख्या चार लाख ३० हजार तीन सय ७६ पुगेको छ भने मृतक संख्या १४ हजार सात सय ३९ पुगेको छ ।

न्युयोर्कमा मात्र कोभिड १९ का कारण छ हजार दुई सय ६८ जनाको मृत्यु भएको छ । यहाँ एकै दिनमा आठ सय भन्दा धेरैको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्