Logo

कोरोना भाइरसको तनाव र यसबाट बच्ने तरिका



Spread the love

एजेन्सी । कोरोना भाइरसको बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारले देशमा लकडाउन गरेको छ । मानिसहरु घरमा बन्द भएका छन् ।

भागदौडमा बितिरहेको जीवन एक्कासि रोकिंदा र कोरोना भाइरसको डरले मानिसको मानसिक स्वास्थ्यमा प्रभाव पर्न सुरु गरिसकेको छ ।

तनाव बढ्दा शरीरमा पर्ने असर

अहिलेको अवस्थामा तनाव बढिरहेको छ । सामान्य तनाव त हाम्रो लागि उपयुक्त नै हुन्छ । यसले हामीलाई अगाडि बढ्नको लागि प्रोत्साहन गर्दछ तर धेरै तनावले हामीलाई समस्यामा पार्दछ । हामीले अगाडि कुनै बाटो देख्दैनौँ । तनावको असर शरीर, दिमाग र व्यवहारमा पर्न सक्छ । फरक फरक व्यक्तिमा फरक फरक असर पर्न सक्छ ।
१.शरीरमा असर- बेलाबेलामा टाउको दुख्नु, रोग प्रतिरोधात्मक क्षमता कम हुनु, थकाइ लाग्नु अनि रक्तचापमा घटबढ हुनु
२. भावनात्मक असर- चिन्ता, रिस, उदास, डर हुन सक्छ
३. दिमागमा असर- मनमा नराम्रो विचार आउनु, सही र गलत छुट्याउन नसक्नु, ध्यान लगाउन नसक्नु
૪. व्यवहारमा असर- यस्तो अवस्थामा मानिसहरु रक्सी, तम्बाकु र चुरोटको सेवन बढी प्रयोग गर्दछन् । कोही धेरै टिभी हेर्दछन् भने कोही चिच्याउन सक्दछन् भने कोही चुप लागेर बस्छन् ।

तनाव कसरी भगाउने ?

मानसिक तनावबाट बाहिर निस्किन यी उपायहरु अवलम्बन गर्न सकिन्छ :
१.
आफूलाई मानसिक रुपमा बलियो राख्नु आवश्यक हुन्छ । आफूले आफैलाई ख्याल राख्दा धेरै समस्याहरु टाढा भाग्छन् । सबै कुरा ठिक गर्नको लागि विश्वका सम्पूर्ण मानिसहरु जुटिरहेका छन् । हामीमा धैर्यता हुनु पर्दछ ।
२.आफ्नो सम्बन्धलाई बलियो बनाउनु पर्दछ । साना-साना कुरामा दु:खान्नु हुँदैन । एक अर्कोसँग कुराकानी गर्न सकिन्छ । नकारात्मक विषयमा कुरा नगर्ने ।
३. घरभन्दा बाहिर जान नमिल्ने हुँदा घरको छतमा गई शारीरिक अभ्यास गर्न सकिन्छ । यसै गरी शरीरलाई स्वच्छ हावाको आवश्यकता पर्ने हुँदा हावा आउने ठाउँ, झ्याल, बरण्डामा गई रहनु राम्रो हुन्छ ।
૪. आफ्नो दिनचर्यालाई कायमै राखौँ । सधैँ झैं सही समयमै उठौँ, खाओँ अनि काम गरौँ ।
५. यो समयमा आफूले अघिपछि गर्न नसकेका कामहरु गर्न सकिन्छ । जस्तै पेन्टिङ्गमा रुचि भएकाले पेन्टिङ्ग गर्ने, स्केचमा रुचि भएकाले स्केच बनाउने । यसै गरी कागजबाट भित्ता सजाउने सामानहरु पनि बनाउन सकिन्छ । रचनात्मक काम गर्दा हाम्रो दिमाग स्वच्छ हुन्छ ।
६. आजभोलि सामाजिक सञ्जाल, टिभी र अनलाइन मिडियामा कोरोनाको मात्र चर्चा हुने भएकाले यस्ता कुराहरुबाट टाढा नै बस्नु पर्दछ ।
७. सामाजिक सञ्जालमा समय बिताउनु भन्दा राम्रा किताब पढ्नु राम्रो हुन्छ । यसले सकारात्मक उर्जा प्रदान गर्दछ ।

प्रतिक्रिया दिनुहोस्