Logo

लकडाउनमा अलपत्र परेकालाई भोलि र पर्सि उपत्यका बाहिर जान दिइने



Spread the love

२७ चैत, काठमाडौं । कोरोनाको महामारीलाई ध्यानमा राखेर सरकाले लकडाउन लगाउँदा काठमाडौंमा अलपत्र परेकाहरुलाई भोलि र पर्सि उपत्यका बाहिर जान दिइने निर्णय भएको छ । बिहीबार रक्षा मन्त्रालयमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले दुई दिन उपत्यका बाहिर जान दिने निर्णय गरेको हो ।

चैत ११ गते देखि लगाएको लकडाउन लम्बिएपछि मानिसहरु हिडेरै काठमाडौंबाट बाहिरी जिल्ला जाने क्रम बढेपछि सरकारले दुई दिन उपत्यका बाहिर जान दिने भएको हो। यद्दबी यस अवधिमा काठमाडौं उपत्यकाभित्र आउन भने पाइने छैन।

प्रतिक्रिया दिनुहोस्