Logo

चौतर्फी विरोध भएसँगै आफ्नै निर्णयबाट पछि हट्यो सरकार



Spread the love

२७ चैत, काठमाडौं। सरकार भोलि र पर्सि उपत्यका बाहिर जान दिइने निर्णयबाट पछि हटेको छ । प्रदेश सरकारले चौतफी विरोध गरेपछि संघीय सरकार आफ्नो निर्णयबाट पछि हट्न बाध्य भएको हो ।

यसअघि रक्षा मन्त्रालयमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले दुई दिन उपत्यका बाहिर जान दिने निर्णय गरेको थियो । चैत ११ गते देखि लगाएको लकडाउन लम्बिएपछि मानिसहरु हिडेरै काठमाडौंबाट बाहिरी जिल्ला जाने क्रम बढेपछि सरकारले दुई दिन उपत्यका बाहिर जान दिने निर्णय गरेको थियो ।

बिना तयारी सरकारले यस्तो निर्णय गरेको भन्दै चौतर्फी विरोध भएपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको छ । कुनै पनि सरोकारवाला निकायसँग छलफल नगरी हतारमा गरिएको निर्णयका विषयमा कुनै पनि निकायलाई जानकारी नदिएको भन्‍ने प्रतिक्रियासंगै सरकार पछि हटेको हो ।

प्रतिक्रिया दिनुहोस्