Logo

अस्ट्रेलियामा रहेका नेपाली कोरोनामुक्त



Spread the love

२८ चैत, काठमाडाैँ – अस्ट्रेलियामा रहेका नेपालीहरू कोरोना भाइरसबाट मुक्त भएका छन् । त्यहाँस्थित नेपाली राजदूतावासले जनाए अनुसार संक्रमित नेपालीको अन्तिम रिपोर्ट नेगेटिभ आएको हो ।

२ साताअघि अस्ट्रेलियाको सिड्नीमा ४ जना र मेलबर्नमा ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएता पनि अहिले अस्ट्रेलियामा कोरोना संक्रमित नेपाली सबै निको भएर सामान्य जीवनमा फर्किसकेको दूतावासले जनाएको छ ।

अस्ट्रेलियामा अहिलेसम्म ६ हजारभन्दा बढीमा कोरोना संक्रमणको पुष्टि भएको छ भने ५३ जनाको मृत्यु समेत भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्