Logo

अमेरिकामा:२४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु



Spread the love

२९ चैत, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गएको २४ घण्टामा सबै भन्दा अमेरिकामा धेरैको मुत्यु भएको छ ।

२ हजार ३७ जनाको मृत्यु भएको छ भने ३३ हजार नयाँ संक्रमित थपिएका छन् । यो मृत्यु हुनेको संख्या अहिलेसम्मकै एकैदिन मृत्यु हुनेको संख्या उच्च हो । यसअघि अमेरिकामै १ हजार ९ सय ७० जनाको मृत्यु भएको थियो ।

२०९ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म अमिरिकामा मात्र १८ हजार ७ सय १९ जनाको मृत्यु भएको छ भने ५ लाख संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्